News Desk
काठमाडौं | सरकारले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्स सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी वैशाख १ गतेदेखि लागू हुने गरी यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि ब्रिज कोर्सका नाममा सञ्चालन भइरहेका कार्यक्रम तत्काल बन्द गर्न भनिएको छ।
यस निर्णयसँगै प्रवेश परीक्षा तयारीका लागि सञ्चालन हुँदै आएका कक्षा तथा अल्पकालीन शैक्षिक कार्यक्रमहरू अब सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ। मन्त्रालयले सम्बन्धित शैक्षिक संस्था तथा सरोकारवालालाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।