ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
News Desk
Mar-30 तारिख 05:47 बिहान

काठमाडौं | अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले दुवै नेतामाथि अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको भए पनि काठमाडौं जिल्ला अदालतले भने सीमित समय निर्धारण गर्दै पाँच दिनको मात्र अनुमति दिएको हो।

आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार सो अवधिमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन सक्नेछ।

यस आदेशसँगै ओली र लेखकमाथिको अनुसन्धान अब पाँच दिनभित्र तीव्र रूपमा अघि बढाइने जनाइएको छ।

धेरै पढिएको