News Desk
काठमाडौं | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्ध दायर मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दा गम्भीर प्रकृतिको भएको ठहर गर्दै विस्तृत सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।
अब उक्त मुद्दामा थप कानुनी व्याख्या र अन्तिम निर्णयका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने जनाइएको छ।