ओलीको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ हुने
News Desk
Mar-30 तारिख 05:52 बिहान

काठमाडौं | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै ओलीकी पत्नी राधिका शाक्यले उक्त रिट दायर गर्नुभएको हो।

आज दर्ता भएको रिटमाथि भोलि सोमबार सुनुवाइ हुने तय भएको छ। अदालतले उक्त निवेदनमाथि प्रारम्भिक बहसपछि आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ।