सम्पत्ति शुद्धीकरण प्रकरणमा व्यवसायी शंकर अग्रवाल पक्राउ
News Desk
Apr-04 तारिख 06:22 बिहान

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले व्यवसायी शंकर अग्रवाल लाई नियन्त्रणमा लिएको छ। गृहमन्त्री सुधन गुरुङ को सचिवालयले अग्रवाल पक्राउ परेको पुष्टि गरेको हो।

यसअघि बिहीबार मात्रै व्यवसायी दीपक भट्ट लाई पनि ब्यूरोले पक्राउ गरेको थियो। अग्रवाल र भट्टबीच व्यावसायिक साझेदारी रहेको बताइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट पक्राउ परेपछि सोही प्रकरणमा अग्रवाललाई पनि नियन्त्रणमा लिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, यस घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा हालसम्म कुल १० जनालाई पक्राउ गरिएको जानकारी गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।