सरकारी निर्णयविरुद्ध उपत्यका मेयरहरूको निर्णय : वैशाख १५ देखि विद्यालय सञ्चालन गर्ने घोषणा
News Desk
Apr-23 तारिख 09:07 बिहान • आज

काठमाडौँ उपत्यकाका मेयरहरूले केन्द्र सरकारद्वारा हालै जारी सूचनाप्रति असहमति जनाउँदै वैशाख १५ गतेदेखि विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छन्। काठमाडौँ उपत्यका मेयर्स फोरमको बुधबार बसेको बैठकले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान सुरु गर्ने र त्यसपछि १५ गतेदेखि कक्षा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।

फोरमले संविधानअनुसार विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा निहित रहेको उल्लेख गर्दै, सरकारको निर्णयले उत्पन्न गरेको अन्योलता हटाउन र शैक्षिक सत्रलाई व्यवस्थित बनाउन यस्तो कदम चालिएको स्पष्ट पारेको छ। साथै, सम्भावित इन्धन संकटलाई ध्यानमा राख्दै विद्युतीय सवारीको प्रयोग बढाउन र आवश्यक परेमा अनलाइन कक्षाको विकल्पसमेत तयार राख्न स्थानीय तहहरूलाई सुझाव दिइएको छ।

धेरै पढिएको