वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपदमा परेर २३ जनाको निधन
News Desk
Apr-26 तारिख 11:20 बिहान • आज

वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपदमा परेर २३ जनाको निधन भएको छ भने विपद्‍मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् ।

त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् । विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।

धेरै पढिएको