भिक्षु राजु लामा अन्तर्राष्ट्रिय मानवअधिकार परिषद् (अमेरिका) को नेपाल अध्यक्षमा नियुक्त
News Desk
Apr-30 तारिख 08:19 बेलुका • आज

काठमाडौं ।  सामाजिक तथा मानवअधिकार क्षेत्रमा सक्रिय शान्तिवादी नेता भिक्षु राजु लामा कोन्दन अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय मानवअधिकार परिषद् (अमेरिका)  (International Human Rights Council USA) को नेपालका लागि राष्ट्रिय अध्यक्ष (National President) पदमा नियुक्त भएका छन्।

लामालाई मानवअधिकार क्षेत्रमा गरेको योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा परिषद्ले राष्ट्रिय अध्यक्षमा चयन गरेको हो । 

 नियुक्तिसँगै उनले नेपालमा मानवअधिकार प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा विभिन्न सामाजिक पहलहरूलाई सुदृढ बनाउने भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको परिषद्ले जनाएको छ।

लामाको कार्यकाल सन् २०२७ अप्रिल २३ सम्म रहनेछ। साथै, उनलाई परिषद्का विश्वव्यापी कार्यक्रमहरूमा रणनीतिक नेतृत्व प्रदान गर्दै संस्थाको उद्देश्यलाई अघि बढाउने जिम्मेवारी प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार परिषद् (अमेरिका)  संयुक्त राष्ट्र संघको  आर्थिक तथा सामाजिक विभाग  तथा संयुक्त राष्ट्र संघ ग्लोबल कम्प्याक्ट जस्ता अन्तर्राष्ट्रिय संरचनासँग सहकार्य सहकार्य गर्दै आएको संस्था हो । यसले नेपालको मानवअधिकार क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने विश्वास गरिएको छ।

यस नियुक्ति पश्चात् लामाले नेपालमा मानवअधिकारको अवस्था सुदृढ बनाउन तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अझ प्रभावकारी बनाउन आफू अझ सकृय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

लामा युनाईटेड नेचर ईन्टर नेशनल पिसका ग्लोबल एजुकेशन डाईरेक्टर साथै नेपाल च्यप्टरको राष्ट्रिय अध्यक्ष समेत हुन ।