News Desk
राष्ट्रपति रामचन्द्र पौडेल ले बिहीवार दुई वटा अध्यादेश जारी गर्नुभएको छ। जारी भएका अध्यादेशहरूमा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ रहेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेशहरू जारी गरिएको हो।
सरकारले कुल ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भए पनि हालसम्म दुई वटा मात्रै जारी भएका छन्। बाँकी अध्यादेशहरूको विषयमा भने निर्णय हुन बाँकी रहेको जनाइएको छ।