कीर्तिपुरमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु
News Desk
May-07 तारिख 06:22 बिहान • आज

काठमाडौं । काठमाडौँ महानगरपालिका अन्तर्गत कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गुल्मी धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि आज दिउँसो आक्रमण भएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ।

प्रारम्भिक अनुसन्धानबाट साथीहरूबीच भएको विवादपछि धारिलो हतियार प्रयोग गरिएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

धेरै पढिएको