News Desk
मंगलबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले सम्माननीय सभामुख श्री देवराज घिमिरेको सिफारिसमा राईलाई प्रतिनिधिसभाको सचिव पदबाट हटाउनुभएको हो ।
विज्ञप्तिमा संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५५ को दफा ६ को खण्ड (ड) बमोजिम हरिकराज राईलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको उल्लेख छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय सभामुखको सिफारिसमा गरिएको जनाइएको छ ।