एनसेलको मुख्यालयबाट सिआईबीद्वारा कागजात नियन्त्रणमा
News Desk
May-15 तारिख 05:40 बिहान • आज

 

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी Ncell को लैनचौरस्थित मुख्यालयबाट अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

सिआईबीका अनुसार कम्पनीसँग सम्बन्धित अनियमितताबारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन तथा नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

गैरकानुनी ढंगले स्मार्ट टेलिकमका उपकरण तथा सम्पत्ति लिलामी प्रक्रिया स्वीकृत गरेको आरोपपछि एनसेल विवादमा तानिएको बताइएको छ ।

सिआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शेयर बाँडफाँटसँग सम्बन्धित विवादास्पद गतिविधिका कारण पनि कम्पनी अनुसन्धानको दायरामा आएको हो ।

स्मार्ट टेलिकम प्रकरणमा Nepal Investment Bank सँगको मिलेमतोमा गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरिएको आशंकापछि कम्पनीका अन्य गतिविधिमाथि समेत अनुसन्धान विस्तार गरिएको सिआईबीले जनाएको छ ।