पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध
News Desk
Jul-10 , 2021 तारिख 09:16 बिहान

तनहुँ - पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गा.पा. १ बरचौर स्थित माथिबाट ठुलो चट्टान ढुङ्गा सडकमा खसेकाले राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा ब्रेकर/JCB को माध्यमबाट फुटाई बाटो खुलाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।