ट्रकसँग बस ठोक्किँदा आठ जना घाइते
News Desk
Aug-08 , 2021 तारिख 04:39 बेलुका

धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डको पात्ले खोलानजिक आइतबार बिहान बस दुर्घटनाग्रस्त हुँदा आठ यात्रु घाइते भएका छन् ।काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा५ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को१ख ४२२८ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सात जनाको धनकुटा जिल्ला अस्पताल र गम्भीर अवस्थाका एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । बाक्लो हुस्सुका कारण सडकमा रोकिएको ट्रक नियाल्न नसकेर ठक्कर लागेको प्रहरीको अनुमान छ । दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बस चालक अभिलाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 (कान्तिपुर दैनिक)