पदयात्रासम्बद्ध ३६० लाई खोप
News Desk
Aug-18 , 2021 तारिख 11:27 बिहान

पोखरा — २ भाद्र २०७८

पोखरामा पदयात्रा सम्बद्ध ३६० जना व्यवसायी एवं मजदुरलाई खोप लगाइएको छ ।पोखरा र आसपासका क्षेत्रमा पर्यटनलाई गतिशील बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गर्दै आइएकोमा पहिलो चरणमा पर्यटन सम्बद्ध व्यवसायी एवं मजदुरमध्ये २५ सय जनालाई खोपको व्यवस्था गरिएकोमा पदयात्रा सम्बद्ध ३ सय ६० जनाले खोप लगाएका ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

हिउँदयाममा पोखरा हुँदै मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर, घोरेपानी, पुन हिललगायत स्थानमा पदयात्रा जाने पर्यटक धेरै हुन्छन् । 

(कान्तिपुर दैनिक)