News Desk
धादिङ — २ भाद्र २०७८
धादिङ, नौबिसे-नगाढुंगा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका क्रममा सडक फराकिलो बनाउन डााडा काट्दा खसेको पहिरोले बुधबार सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेशका लागि तराईलगायत विभिन्न जिल्लाबाट आएका सवारीसाधन अलपत्र छन् ।
सडक खुलाउने प्रयास भइरहे पनि पहिरो ठूलो भएकाले मुस्किल परेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिइन् ।उक्त स्थानमा यसअघि पनि पहिरोका कारण १५ परिवार विस्थापित भइसकेका छन् ।
(कान्तिपुर दैनिक)