मेलम्चीको बाढीले थप तीन घर बगायो
News Desk
Aug-18 , 2021 तारिख 03:29 बेलुका

सिन्धुपाल्चोक — २ भाद्र २०७८

सिन्धुपाल्चोक, अविरल वर्षासँगै मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरका घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । स्थानीय बासिन्दा कृष्णबहादुर, भोजबहादुर र दीपेश थापाको घर बगेको उनले बताए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।

यी घर यसअघिकै बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।गत असार १, साउन १६ पछिको निरन्तर बाढीले पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते र २० जना बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् । 

(कान्तिपुर दैनिक)