गैरसरकारी संस्थाहरु सँग सहकार्य समन्वय सम्बन्धि निर्देशिका बारे अन्तक्रिर्या कार्यक्रम सम्पन्न
News Desk
Aug-18 , 2021 तारिख 08:31 बेलुका

 

भदाै २ बुधबार , 
मानव अधिकार संचार प्रतिष्ठान नेपालकाे अायाेजनामा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरकाे समन्वयमा भक्तपुरकाे नागरिक समाज र सामाजिक संघ संस्थाहरुकाे उपस्थितिमा सुर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुकाे उपस्थितिमा जुम भर्चुअल मार्फत गैरसरकारी संस्थाहरु सँग सहकार्य समन्वय सम्बन्धि निर्देशिका विषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा कार्यक्रमकाे उद्देश माथि प्रकाश पार्दै ईह्रिकनका कार्यक्रम व्यवस्थापक पंकज राज देवकाेटाले नागरिक समाज र स्थानिय सरकार विच दुरी कम गर्न र नागरिक समाज र संघ संस्थाहरुकाे सहभागीता अभिवृद्धि गरि नागरिका मुद्दाहरु पालिका स्तरमा स्थापित गर्न र विकासका साझेदारकाे रुपमा अगाडि बढाई पालिकाहरुले समन्वय निर्देशिका तयार पार्न  नागरिक समाज र स्थानीय सरकार बिच अन्तक्रिर्या कार्यक्रम अायाेजना गरिएकाे बताउँनु भयाे । अन्तक्रिर्या कार्यक्रममा विषय वस्तुहरु बारे प्रस्तुतिकरण गर्दै गैसस महासंघ नेपालका केन्द्रीय उपमहासचिव अर्जुन भट्टराईले निर्देशिकाकाे अावश्यकता र यसकाे अाैचित्य,नमुना निर्देशिका, र सामाजिक संघ संस्थाहरुले पार्दै अाएकाे प्रभाव र याेगदान सहित विषयलाई थप स्पष्ट पार्नु भएकाे थियाे । साथै नागरिक समाजकाे तर्फबाट विचार व्यक्त गर्दै गैसस महासंघ नेपाल भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्याैपाने र ललितपुरका अध्यक्ष टिकाराम दाहालले अझै पनि सामाजिक संघ संस्थाहरुलाई राम्रो सँग काम गर्ने वातावरण सबै स्थानीय तहहरुमा नभएको, नविकरण,संस्था दर्ता, सिफारिसमा चुनाैती रहेकाे, सामाजिक विकास र मानविय विकासमा अझै याेजना बद्ध ढङ्गबाट अगाडि बढ्न नसकेकाे र जहाँ सरकार पुग्न सक्दैन त्यहाँ सामाजिक संघ संस्थाहरु पुगेर याेगदान गर्न सफल भईरहेकाे गैससहरुलाई हेर्ने र परिचालन गर्न प्रक्रियालाई सहज बनाउँन पनि समन्वय निर्देशिका निमार्ण गर्न अावश्यकता रहेकाे र सरकारलाई रचनात्मक ढङ्गबाट बाट नागरिकका सवालहरु स्थापित गर्न र विकासकाे साझेदारकाे रुपमा हातेमालो गर्न सामाजिक संघ संस्थाहरु तयार रहेकाे कुरा व्यक्त गर्नु भयाे । कार्यक्रममा चाँगुनारायण नगरपालिकाकाे नगर प्रमुख साेम प्रसाद मिश्रले गैससहरुलाई अावश्यक पर्ने साथ सहयोग, समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेकाे र निर्देशिका निमार्ण गर्न अावश्यक छलफल गरि अगाडि  बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियाे भने कार्यक्रमकाे समापन गर्दै स्थानीय तहहरु नीति निमार्ण तयार पार्न नागरिक समाज र संघ संस्थाहरु सँगसँगै हातेमालो गरि नागरिका विषयमा वकालत र पैरवी गर्न सदैव ईह्रिकन तयार रहेकाे अध्यक्ष मिना शर्माले बताउनु भयाे ।