News Desk
काँकडभिट्टा — २ भाद्र २०७८
काँकडभिट्टा , कोरोना महामारीमा लागू निषेधाज्ञाकै क्रममा झापामा सवारी दुर्घटना बढेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार साउनमा मात्रै ४९ सवारी दुर्घटना भए । जसमा ६ जनाले ज्यान गुमाए ।निषेधाज्ञाको समयमा पनि झापामा अन्य समयमा भन्दा तेब्बर सवारी दुर्घटना भयो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले भने, ‘अधिकांश दुर्घटना लापरबाहीकै कारण भएको पाइयो ।’ट्राफिक प्रहरीका अनुसार गत आव २०७६/७७ मा २ सय ३१ सवारी दुर्घटनामा ६२ जनाले ज्यान गुमाएका थिए । २ सय ६७ जना घाइते थिए । २०७७/७८ मा ६ सय ५७ सवारी दुर्घटनामा ९३ जनाको ज्यान गएको छ ।
१ हजार ६५ जना घाइते भएका थिए । मृत्यु हुने अधिकांश मोटरसाइकल चालक छन् । मोटरसाइकल दुर्घटनाको संख्या बढ्नुमा चालकको लापरबाही, ट्राफिक नियमको बेवास्ता, अव्यवस्थित आवागमन, सडकमा ट्र्याक्टर र ट्रकको पार्किङ, तीव्र गति, मापसे, बिनाहेल्मेट यात्रा र सडकमा निर्माण सामग्री थुपार्ने प्रवृत्ति मूल कारण भएको ट्राफिक प्रहरीले जनाएको छ ।‘झन्डै एक तिहाइ दूर्घटना मोटरसाइकलका छन्,’ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निषेश चापागाईंले भने, ‘पहिलाभन्दा अहिले रोड खुला हुँदा तीव्र गतिले चलाउने प्रवृत्तिले दुर्घटना निम्तिएको देखिन्छ ।’उनका अनुसार दुर्घटना बढ्नुको अर्को मुख्य कारण मादक पदार्थ सेवन (मापसे) पनि हो । चापागाईंले भने, ‘कोरोना कहरका कारण मापसे चेकिङ नियमित हुन पाएको छैन । जसले लापरबाही सँगै दुर्घटना बढेको हो ।’
२ भाद्र २०७८