News Desk
काठमाडौं-अर्थ सचिव राखिन्छ नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्य बीच आर्थिक क्षेत्रका विविध पक्षबारे छलफल भएको छ । भेटका क्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् । आर्थिक बर्ष २०७७र७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८र७९को बजेटमा विनियोजन गरिएको पुंजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको बताए ।
नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीच आज भएको छलफल कार्यक्रममा अध्यक्ष मल्लले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनुपर्ने र कृषि उत्पादन ढुवानीको लागि भंसार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन जाने चेम्वरको धारणा रहेको जानकारी गराए । सो अवसरमा अध्यक्ष मल्लले बिमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिदै आएकोमा हाल चेकबाट नगद जम्मा भए पछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्था अनुसारनै चेक भुक्तानीलाई मान्यता दिनुपर्नेमा जोड दिदै राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गरे ।
सो वाहेक रुग्ण उद्योगलाइ सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइ व्याक अन्तरगत बफर स्टक राख्ने, निर्यातलाइ प्रोत्साहन दिन निर्यात अनुदान, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था वारेमा पनि चेम्वरको धारणा उनले राखे ।
अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले उक्त अवसरमा चेम्वरबाट प्रस्तुत बिषयहरुलाई सकारात्मक रुपमा लिएको र आम नागरिक, व्यवसायी र सरकारलाइ हित हुने गरी व्यवसाय संचालनमा जोड दिए । व्यवसायीहरुको आत्म बिश्वास वढाउन सरकार कटिवद्ध रहेको पनि उनले उल्लेख गरे ।
सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ तथा चेम्वर कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापति निरज राइ र कार्य समिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।