मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु
News Desk
Aug-22 , 2021 तारिख 01:07 बेलुका

बारा — पथलैया– ६ भाद्र २०७८ 

बारा — पथलैया, निजगढ सडक खण्डको टाँगियाबस्तीछेउ शनिबार बेलुकी दुइटा मोटरसाकल जुध्दा तीन जनाको मृत्यु भएको छ । बेलुकी साढे १० बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र निजगढबाट पथलैयातर्फ जाँदै गरेको बा६५प २७५६ नम्बरका बाइक जुधेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह, पर्साको डकैला बहुअरी घर भएकी उनकी ३५ वर्षीया फुपू सुनैनादेवी साह र नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङ छन् । ठोक्किएपछि बा६५प २७५६ नम्बरको बाइकमा आगोसमेत लागेको थियो । घटनास्थलमै मृत्यु भएका तीनै जनाको शव कलैया अस्पतालमा ल्याइएको छ ।  

(कान्तिपुर दैनिक)