कोसीलाई एनालाइजर
News Desk
Aug-22 , 2021 तारिख 01:34 बेलुका

मोरङ —  ६ भाद्र २०७८ 

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए१ ले कोसी अस्पताललाई अटोमेटिक इलेक्ट्रोलाइट एनालाइजर शुक्रबार हस्तान्तरण गरेको छ । लायन्सका डिस्ट्रिक्ट गभर्नर रेबतबहादुर कार्की, पूर्वगभर्नर लीलाराज ढुंगेललगायतले कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । 

बीएसआर बायोटेक काठमाडौंले उपलब्ध गराएको ६ लाख ५० हजार मूल्य बराबरको एनालाइजर अस्पताललाई हस्तान्तरण गरेको ढुंगेलले बताए । कोसी अस्पतालका प्रमुख डा. दासले लायन्स क्लबले हस्तान्तरण गरेको एनालाइजरले हालसम्म हातले गर्दै आएको सोडियम, पोटासियम क्लोराइड परीक्षण अब अटोमेटिक तरिकाले मेसिनबाट हुने भएको बताए ।उनले अटोमेटिक एनालाइजरले परीक्षणको गुणस्तरमा सुधार हुनुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवासमेत प्रदान गर्न सहज हुने बताए । 

(कान्तिपुर दैनिक)