‘अफगान नागरिकको सुरक्षामा सार्कले चासो देओस्’
News Desk
Aug-22 , 2021 तारिख 03:56 बेलुका

काठमाडौँ — ६ भाद्र २०७८ 

काठमाडौँ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले अफगान नागरिकको जिउ–धनको सुरक्षाका लागि पहल गर्न नागरिक समूहले सरकारलाई आग्रह गरेको छ ।अफगानिस्तानमा जारी तनावबारे नेपाल सरकारले ठोस धारणा सार्वजनिक गर्न नसकिरहेका बेला उनीहरूले ध्यानाकर्षण गराउँदै विज्ञप्ति जारी गरेका हुन् ।

ध्यानाकर्षण गराउनेमा जगन्नाथ लामिछाने, जीवन क्षेत्री, सरोज रे, प्रेम सापकोटा सुष्मा बराली, शिवनाथ यादव, दावा लोमु शुर्पा, दीपज्योति श्रेष्ठ, विशाल ढकाल, सेहनाज बानुलगायत छन् ।‘अविलम्ब अफगानहरूको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न सार्क देशहरूको आपत्कालीन बैठक बोलाउन हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि अफगानिस्तानमा विद्रोही तालिबानले सत्ता कब्जा गरेको छ ।

(कान्तिपुर दैनिक)