News Desk
म्याग्दी — ७ भाद्र २०७८
म्याग्दी, तीव्र वर्षापछि बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलामा आएको बाढीले सोमबार एउटा घर र गोठ बगाएको छ । गोठ भत्कँदा एउटा भैंसीसमेत मरेको वडा सदस्य गेम घर्तीमगरले बताए । उनका अनुसार बाढीले दुधेखोलावारिपारिका कम्तीमा ३२ घर उच्च जोखिममा परेका छन् ।
सोमबार बिहानसम्म पानी पर्न रोकिएको छैन ।दुधेखोलाको सिरानमा पर्ने तोराखेतमा पहिरो गएर बाढी आएपछि म्याग्दीखोला किनारका बस्तीमा क्षति पुगेको हो ।त्यसै गरी रातभरिको वर्षापछि बेनी नगरपालिका–८ को जलेश्वरमा पहिरो खस्दा बेनी–जोमसोम सडक र मालिका गाउँपालिका–५ घमाउने भिरको पहिरोले बेन–दरवाड सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरीप्रमुख श्याम राईले बताए ।
(कान्तिपुर दैनिक)