News Desk
भक्तपुर/ प्रकाश कुमार कार्की-अष्ट्रेलियामा रहेका नेपालीहरु द्धारा संकलन गरिएको रकम भक्तपुर क्यान्सर अस्पतालको शैयामा रहेका दुर्गाभवानी सेनामेना रुपन्देही १ मा रहेको कलेजको कक्षा ११ मा अध्ययनरत विद्यार्थी गणेश खनाल कलिलै उमेरमा क्यान्सर रोगको पिडित भएका छन् । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले संकलन गरि पठाएको रकम प्रंशान जङ्ग कुँवर मार्फत नेपाल पठाईएको रकम रु।२,०७,३४७।-रुपैयाँ नेपाली कांग्रेसका युवा नेता एंव नेविसंघका पुर्व महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा भक्तपुर क्याम्पस अस्पताल मै पुगेर विरामीको आमा शान्ता खनाललाई हस्तान्तरण गरेका छन् ।
उपचार खर्च धान्न नसकिरहेको र घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा उपचारमा थप समस्या आएको विरामीको आमा खनालले बताईन् र सहयोगको समेत अपिल समेत गरिन् । साथै, नेता काफ्लेले रकम संकलन गरि पठाउने विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग जुटाउन लागि पर्ने बताए ।