बेंसीसहरमा मृत चितुवा भेटियो
News Desk
Aug-25 , 2021 तारिख 03:34 बेलुका

लमजुङ — ९ भाद्र २०७८  

लमजुङ, बेंसीसहर नगरपालिका–२ मनकामना नजिकै सडकमा मृत चितुवा भेटिएको छ । डुम्रे–बेंसीसहर सडकखण्डमा मंगलबार बिहान मृत चितुवा फेला परेको वन अधिकृत कृष्णप्रसाद अर्यालले बताए ।

‘करिब २ वर्ष उमेरको पोथी चितुवाको शरीरमा घाउ चोटपटक केही लागेको भेटिएन,’ अर्यालले भने  । सनाखतपछि चितुवालाई कार्यालय परिसरमै गाढिएको छ ।  

( कान्तिपुर दैनिक )