हत्या आरोपमा ४ जना पक्राउ
News Desk
Aug-25 , 2021 तारिख 04:16 बेलुका

मोरङ — मिक्लाजुङ–६ भण्डारी टोलका ४५ वर्षीय धनराज लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रवीन तामाङ, सञ्जय तामाङ, आइतराज तामाङ र भाग्य बम्जन छन् ।रवीन र उनकी श्रीमती निरुताबीच भदौ ३ को राति विवाद भइरहेका बेला रवीनका जेठान भाग्य स्थानीय धनराज र दुर्गाबहादुर कार्कीलाई साथमा लिएर सम्झाउन बहिनीको घर पुगेका थिए । तर रवीनका परिवारजनले घरायसी विवादमा बाहिरको मान्छे आएको भन्दै दाउराले उनीहरूलाई निर्घात कुटपिट गरेको पाइएको डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार कुटपिटबाट घाइते दुर्गा स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका थिए ।

तर धनराजको विराटनगरस्थित विराट अस्पतालमा उपचारका क्रममा भदौ ५ को राति मृत्यु भएको थियो ।हीरक महोत्सव मनाउँदै रघुपति जुट मिलविराटनगर (कास)– स्थापनाको ७५ वर्ष पुगेको रघुपति जुट मिलले यो वर्षलाई हीरक महोत्सवका रूपमा मनाउने भएको छ । सोमबार उद्योग परिसरमा विभिन्न प्रजातिका ७५ वटा बिरुवा रोपेर महोत्सवको सुरुवात गरिएको हो । सञ्चालक राजकुमार गोल्छाले यो वर्षभर विभिन्न ७५ वटा सामाजिक कार्य गरेर उद्योगको हीरक महोत्सव मनाइने बताए ।  

(कान्तिपुर दैनिक)