राहुघाट खोला थुनियो, कालीगण्डकी तटीय बस्ती जोखिममा
News Desk
Aug-26 , 2021 तारिख 12:31 बेलुका

म्याग्दी — १० भाद्र २०७८ 

म्याग्दी, रघुगंगा गाउँपालिका, ६ रायखोरको मुलपानीबाट झरेको ठूलो पहिरोले राहुघाट खोला थुनिएको छ । बिहीबार बिहान ५ बजेतिर खसेको पहिरोले रघुगंगा-६ रायखोर र ७ चिमखोलाको गौडामुनी भन्ने स्थानमा पहिरोले राहुघाट खोला थुनेको स्थानीय प्रदीप पाईजाले बताए ।घटनास्थल पुगेका पाईजाका अनुसार पहिरोले करिब ५० मिटर जति गहिरो र ५ सय मिटर लामो ताल परेको छ ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार एक साता अघि पनि यहाँ सानो पहिरोले करिब आधा घन्टा खोला थुनिएको थियो ।'रायखोरको पुरै भीर भत्किएको छ । एक साताअघि पनि पहिरो झरेको हो, अहिले ठूलो पहिरोले खोला थुनिएको हो । पहिरो झर्नेक्रम रहेकोले खोला कति समय थुनिन्छ भन्न सकिन्नँ,' अध्यक्ष भण्डारीले भने, 'पुरभै पाखो र भीर ३ देखि ५ मिटरसम्म खण्ड खण्ड भएर खस्दै छ । यही वर्षायाम नभएपनि हिउँदमा पनि पहिरोले राहुघाट थुनिने सम्भावना छ ।'  

( कान्तिपुर दैनिक )