भायानेटको पर्पल प्याक अफर
News Desk
Aug-26 , 2021 तारिख 01:53 बेलुका

काठमाडौँ — १० भाद्र २०७८ 

काठमाडौँ , भायनेटले ‘अल इन वान, भायनेट पर्पल प्याक’ अफर ल्याएको छ ।भायनेटले एनसेलसँगको सहकार्यमा यो योजना ल्याएको हो ।यो योजनाअन्तर्गत ८० एमबीपीएस भायनेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको टीभीसँग एनसेल सिम नि:शुल्क प्राप्त गर्नेछन् ।

यस सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी डेटा प्राप्त गर्नेछन् ।यी सुविध ग्राहकले मासिक १६ सय रुपैयाँमा पाउन सक्ने भायनेटले जानकारी दिएको छ ।   

( कान्तिपुर दैनिक )