News Desk
मकवानपुर — ११ भाद्र २०७८
मकवानपुर, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको राप्ती खोलामा शुक्रबार बिहान मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।भीमफेदी गाउँपालिका–१ सानुटारमा फलाम बोकेर काठमाडौं जाँदै गरेको प्रदेश १–०२–००१ ख ७५९ नम्बरको आइचर ट्रक आफैं अनियन्त्रित भई राप्ती खोलामा खसेको हो । मृत्यु हुनेमा सिन्धुली लम्पटारका २८ वर्षीय भगवान् बस्नेत रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार ट्रकमा सवार बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका–८ का ३१ वर्षीय राजन बास्कोटा र सहचालक सोही ठाउँका २४ वर्षीय सरोज आचार्य छन् । उनीहरूको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले जानकारी दिए ।
( कान्तिपुर दैनिक )