छिमेकीको हत्या गरेर फरार युवा पक्राउ
News Desk
Aug-27 , 2021 तारिख 03:43 बेलुका

हेटौंडा — ११ भाद्र २०७८

हेटौंडा, छिमेकीको हत्या गरी फरार हेटौंडा–१६ हटिया भालु खोलाका ४० वर्षीय राजकुमार भनिने ठूलो सार्की मोक्तान बिहीबार पक्राउ परेका छन् । गत साउन ३२ को राति ६४ वर्षीय मानबहादुर चेपाङमाथि बन्चरो प्रहार गरी उनी भागेका थिए ।

लुकीछिपी बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए । आफ्नी श्रीमतीमाथि चेपाङले अनुचित व्यवहार गरेको भन्दै मोक्तानले उनको हत्या गरेको पाइएको रिमालको भनाइ छ ।  

( कान्तिपुर दैनिक )