News Desk
काठमाडौं -नेपाली भाषा व्याकरण मानकको रुपमा स्थापित नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गर्दै आएको बृहत् शब्दकोशमा गम्भिर त्रुटि फेला परेको व्यहोरा सहित भाषा आयोगमा उजुरी दर्ता गरिएको छ। नेपाली खेलकुदका सैद्धान्तिक र प्राबिधिक बिषयका शब्दावली समेटिएको उक्त वृहत शब्दकोशमा अनधिकृत रूपमा भाषीक छनौट साथै अपब्याख्या गरिएको तथ्य सहित भाषा आयोगमा उजुरी परेको हो।खेलकर्मी एब लेखक डिएन घिसिङले भाषा आयोगमा उक्त तथ्य माथी छानबिन गरि भाषीक सुदृढीकरणमा पहल गर्न आग्रह गरेका छन् ।
राज्य दैनिकसँग कुरा गर्दै घिसिङले खेलकुदका अधिकांश भाषा प्राबिधिक साथै आयातित हुने भएकाले आफुले उक्त बिषयलाई गम्भीरतापुर्बक लिएको बताए। प्रारम्भिक चरणमा केही तथ्यलाई मात्र उजागर गरेको र भाषिक कठिनता सहज बनाउन समेत यस्तो अभियानले सार्थक परिणाम दिने उनले बताए। विद्यालयदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापन कार्यका निम्ति मानक व्याकरणका रूप लिइएको ब्याकरण बृहत शब्दकोशमा त्रुटिहुनु प्राज्ञताको असवधानी प्रमुख कारण रहेको उनले बताए ।
त्रिभुवन बिश्वबिद्यालयका पुर्ब प्राध्यापक डा.हुम बरुवालले प्राविधिक बिषय ज्ञातासँग परामर्श गरेर यस्ता खाले भाषिक सन्दर्भ सामाग्री तयार गर्नु पर्नेमा जोड दिएका छन् ।भाषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति प्रयोगात्मक तथा रचनामुखी हुने भएकाले बृहत् शब्दकोशमा आधिकारिक शैक्षणिक व्याकरणका रूपमा विकास गर्न सरोकारवालाले ध्यान पुर्याउनु पर्ने डा.बरुवालले बताए।
भाषा आयोगमा परेको निवेदन उपर सबन्धीत सरोकारवालासँग छलफल गरेर आधिकारिकता बारे प्रस्ट्याउन आग्रह गर्ने आयोगका सुचना अधिकृत डा.लोक बहादुर लोप्चनले बताए ।