कांग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
News Desk
Aug-28 , 2021 तारिख 06:25 बिहान

काठमाडौँ - कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ (ख) बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको र ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू समेत खटाइएको जानकारी दिए ।

समितिले बिहीबार ३८ जिल्ला र शुक्रबार थप १० जिल्लाको समेत ४८ जिल्लाको नामावली प्रकाशित गरेको छ ।