News Desk
काठमाडौं- मेक अप आर्टिष्ट जमुना पुन (रेनु)राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान २०७८ बाट सम्मानित भएकी छिन् । सौन्दर्यकर्मीको रुपमा नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै रिबन इन्टरटेण्मेण्टले उनलाई उक्त राष्ट्रिय सम्मानबाट बिभुसित गरेको हो । शुक्रबार राजधानीमा आयोजित सम्मान समर्पण कार्यक्रम माझ नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उनलाई सम्मानित गरे ।
को हुन जमुना पुन?
जमुना पुनले देशको राजधानी गङ्गबु स्थित नर्थ क्याफे भवनमा जे एण्ड जे युनिसेक्स सलुन संचालन गर्दै आएकी छिन् । गुल्मी जन्म घर भएकी उनी विगत एक दशक देखी सौन्दर्यकला व्यवसायमा सक्रिय छिन् । उनी जे एण्ड जे युनिसेक्स सलुनकी म्यानेजिङ् डाईरेक्टर समेत हुन ।