पहिरोले खिम्ती–मन्थली सडक अवरुद्ध
News Desk
Aug-29 , 2021 तारिख 12:20 बेलुका

रामेछाप — १३ भाद्र २०७८ 

रामेछाप , रामेछापको जिल्ला सदरमुकाम जोड्ने पुष्पलाल मार्गको खिम्ती–मन्थली सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । आइतबार बिहानै लिखु–तामाकोसी गाउँपालिका–७ को तिल्पुङ खोलानजिकै पहिरो झर्दा सडक अवरुद्ध भएको स्थानीय यादवप्रसाद दाहालले बताए । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउन डिभिजन सडक कार्यालय खुर्कोटमा खबर गरिएको छ ।

यसै गरी खुर्कोट–मन्थली सडक खण्डमा पर्ने कुनाउरीमा लगातार पहिरो झरिरहेको छ । दुई दिनयता उक्त स्थानमा सडक डिभिजन र मन्थली नगरपालिकाले पहिरो पन्छाउँदै यातायात सञ्चालन गराउँदै आएका छन् । अविरल वर्षाले मन्थली–रामेछाप सडक खण्डका ठाउँठाउँमा पहिरो झरेपछि यातायात अवरुद्ध बनेको छ ।  

( कान्तिपुर दैनिक )