पहिरो हटाइएपछि खुल्यो बीपी राजमार्ग
News Desk
Aug-29 , 2021 तारिख 03:08 बेलुका

सिन्धुली —  ११ भाद्र २०७८ 

सिन्धुली, पहिरोले आइतबार बिहानैबाट अवरुद्ध बीपी राजमार्ग पहिरो पन्छाइएसँगै दिउँसोबाट सञ्चालनमा आएको छ । खुर्कोट–नेपाथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदोसहितको पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो । 

सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाका अनुसार लेदोसहित झरेको पहिरो हटाई अवरुद्ध यातायात सञ्चालनमा ल्याइएको हो । उनका अनुसार सिमसिम पानी परिरहेकाले उक्त ठाउँमा लेदो झर्ने क्रम भने अझै रोकिएको छैन । वर्षा बढे जुनसुकै बेला राजमार्ग अवरुद्ध हुने सम्भावना रहेको डीएसपी लामाको भनाइ छ ।राजमार्गकै सिन्धुलीमाडी–बर्दिवास खण्डको फाल्चुरीनजिक खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालन भएको यातायातसमेत खुल्ने र बन्द हुने भइरहेको छ ।  

( कान्तिपुर दैनिक )