ढुंगा खसेर लाग्दा एकको मृत्यु
News Desk
Aug-29 , 2021 तारिख 03:14 बेलुका

काभ्रे — ११ भाद्र २०७८   

काभ्रे, बीपी राजमार्गअन्तर्गत कटुन्जेमा ढुंगा खसेर लाग्दा घाइते एक जनाको मृत्यु भएको छ । जनकपुरबाट ज८प ७४९० नम्बरको मोटरसाइकलमा आउँदै गरेका महोत्तरी, रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साह माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।मोटरसाइकलमै सवार धनुषा रामानन्द चोकका ३० वर्षीय सतीशकुमार साहको पेट र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।  

 ( कान्तिपुर दैनिक )