दुर्व्यवहारविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित
News Desk
Aug-30 , 2021 तारिख 12:52 बेलुका

दाङ — १४ भाद्र २०७८  

दाङ, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. सिंहलाई दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे पनि दुई दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।उनीहरूले आइतबार तुलसीपुरमा विरोध र्‍याली निकालेका छन् ।

शुक्रबार दिउँसो युवाको एक समूहले डा. सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको थियो । स्वास्थ्यकर्मीले अस्पतालको इमरजेन्सीबाहेक सबै सेवा ठप्प पारेका छन् ।चिकित्सक संघ दाङले पनि घटनाको विरोधमा आइतबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ । एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षत्रीलगायतको टोली घटनामा संलग्न रहेको अस्पतालको आरोप छ । घटनामा संलग्न रहेको भन्दै एमाले जिल्ला कमिटीले उनीहरूलाई पदबाट हटाएको छ ।    

( कान्तिपुर दैनिक )