कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
News Desk
Sep-03 , 2021 तारिख 12:02 बेलुका

चितवन —  १८ भाद्र २०७८ 

चितवन , पहिरोले पृथ्वीराजमार्ग पनि अवरूद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ८ बजेतिर इच्छाकामना गाउँपालिका-४ कुरिनटार केवलकार नजिक राजमार्गमा पहिरो खसेको छ । पहिरोका कारण दुईतर्फी नै यातायात ठप्प छ ।

मुग्लिन हुँदै पोखरा, काठमाडौं आउजाउ गर्ने गाडी चल्न सकेका छैनन् ।यता नारायणगढ-मुग्लिन सडकको इच्छाकामना-६ पाँचकिलोमा बिहान खसेको पहिरो हटाउन सुरू गरिएको छ । सडक कार्यालयका दुईवटा लोडरले पहिरो सफा गर्न सुरू गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।    

( कान्तिपुर दैनिक )