दुई जना युवा ४ किलो सुन र अढाई तोला गहनासहित पक्राउ
News Desk
Sep-04 , 2021 तारिख 06:28 बिहान

नेपालगन्ज — काठमाडौंबाट श्री एयरलाईन्सको जहाजबाट नेपालगन्ज विमानस्थलमा आएका दुई जना युवा ४ किलो सुन र अढाई तोला गहनासहित पक्राउ परेका छन् ।झापा अमिरलगुन विक र मोरङका बुद्धिमान खाती शुक्रबार साँझ पक्राउ परेका हुन् । बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले सुन ४ किलो, ५ वटा लकेट र एउटा सुनको बालासमेत बरामद भएको बताए ।पक्राउ परेका युवाहरुले आफूहरु सुन व्यवसायी भएको बताएका छन् । घटनाबारे सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।