बाढीले लघुजलविद्युत्‌को नहर र पावरहाउस बगायो
News Desk
Sep-06 , 2021 तारिख 12:22 बेलुका

म्याग्दी —  २१ भाद्र २०७८   

म्याग्दी , धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले ४२ मेगावाट क्षमताको दोस्रो दरखोला लघुजलविद्युत् परियोजना बगाएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार आइतबार राति आएको बाढीले परियोजनाको नहर तथा पावरहाउस सबै बगाएको छ ।

वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् परियोजना निर्माण भएको थियो । ८ वर्षअघि पनि सोही खोलाको बाढीले लम्सुङबस्तीनजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुन: एक किलोमिटर माथि सारिएको थियो । बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएका छन् ।  

( कान्तिपुर दैनिक )