News Desk
काभ्रे — २१ भाद्र २०७८
काभ्रे , आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् ।
केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
( कान्तिपुर दैनिक )