News Desk
काठमाडौँ — २१ भाद्र २०७८
काठमाडौँ , सामसङ नेपालले बजारमा आफ्ना दुई उत्पादन ‘जेड फोल्ड ३ फाइभजी’ र ‘ग्यालेक्सी जेड फ्लिप ३ फाइभजी’ सार्वजनिक गर्ने भएको छ । सामसङले यी दुई फोल्डेबल फोनमा नयाँ डिजाइन राखेको जनाएको छ ।जेड फोल्ड ३ फाइभजीमा प्रोडक्टिभिटी, ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले र एस पेन छ । यसमा एस पेन फोल्ड एडिसन र एस पेन प्रो गरी दुई किसिमका विकल्प छन् ।यसको माथिल्लो स्क्रिनमा भिडियो च्याट र तल्लो स्क्रिनमा मिटिङ नोट सँगै हेर्न सकिन्छ ।
त्यस्तै ग्यालेक्सी जेड फ्लिप ३ फाइभजीमा स्लिक, कम्प्याक्ट तथा पोर्टेबल डिजाइनलगायत फिचर छन् । यो फोन सेल्फ–एक्सपेरियन्सका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा कम्पनीले प्रि–बुक अफरसमेत ल्याएको छ । जेड फोल्ड ३ फाइभजी र ग्यालेक्सी जेड फ्लिप ३ फाइभजीको प्रि–अर्डरमा एस पेन तथा फ्लिप कभर नि:शुल्क पाइनेछ । दुई भेरियन्टमा उपलब्ध जेड फोल्ड ३ फाइभजीको मूल्य २ लाख १९ हजार ९ सय ९९ र २ लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ग्यालेक्सी जेड फ्लिप ३ फाइभजीको मूल्य १ लाख २४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यसको प्रि–अर्डर भदौ २० देखि असोज ४ सम्म छ ।
( कान्तिपुर दैनिक )