भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट म्याच रद्द
News Desk
Sep-10 , 2021 तारिख 09:23 बिहान

काठमाडौँ — कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै भारत र इंग्ल्यान्डबीचको पाँचौ तथा अन्तिम टेस्ट म्याच रद्द भएको छ । भारतीय क्रिकेट टोलीका केही सदस्य कोरोनाबाट संक्रमित भएपछि खेल स्थगित गरिएको हो । 'क्याम्पभित्रै कोरोना संक्रमितको थप संख्या बढ्न सक्ने देखिएपछि भारत आफ्नो टिम मैदानमा उतार्न नसक्ने भएको छ,' बेलायती क्रिकेट बोर्डले भनेको छ, 'यो समाचारका लागि हामी हाम्रो समर्थक तथा साझेदारहरुसँग माफी माग्न चाहन्छौं ।

यसका कारण धेरैमा निरासा तथा असुविधा उत्पन्न भएको छ ।' भारतका फिजियोथेरापिस्ट युगेश परमरमा बुधबार कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड तथा इंग्लिस किक्रेट बोर्डबीच सघन छलफल भएको क्रिकइन्फोले जनाएको छ । बिहीबार भारतीय क्रिकेट टोलीको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो । पाँच टेस्टको शृङ्खलामा भारत २-१ ले अघि रहेको छ । पहिलो टेस्ट ड्र भएको थियो ।  

( कान्तिपुर दैनिक )

धेरै पढिएको