नेपाल चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको  टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान
News Desk
Sep-13 , 2021 तारिख 07:05 बिहान

हुम्ला-  नेपाल चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको  टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो ।

सीमा क्षेत्र अध्ययनका लागि गृह सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा टोली गठन गरेको छ । हुम्लामा टोलीले आइतबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक अगुवासँग छलफल गरेको थियो । टोली लाप्चा हुँदै गाडीबाट हिल्सा जानेछ ।

‘सकेसम्म सबै सीमास्तम्भमा पुग्छौं,’ आचार्यले भने, ‘देखिएका तथ्य समावेश गरी प्रतिवेदन बुझाउँछौं ।’ सरकारले तीन सदस्यीय टोली गठन गरे पनि अध्ययन टोलीमा ७ जना छन् ।