एकिकृत शहरी विकास केन्द्रद्धारा आयोजित जैविक इन्जिनियरिङ्ग विधि छनोट गर्ने तालिम ​सम्पन्न
News Desk
Sep-15 , 2021 तारिख 10:04 बेलुका

 

सरोज थापा/काठमाण्डौं -एकिकृत शहरी विकास केन्द्रद्धारा युएसएडको आर्थिक सहयोगमा आयोजित गाउँपालिकाका प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिलाई भिबिए टुल सम्बन्धि उपयुक्त भू–जैविक इन्जिनियरिङ्ग विधि छनोट गर्ने तालिम” सम्पन्न भएकोे छ । उक्त तालिममा गाउँपालिकाकाअध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष र गाउँपालिकाका सबै प्राविधिक कर्मचारी तथा शिक्षिका समेतको हर्र्षउल्लास पुर्ण सहभागिता रहेको थियो । 

सो अवसरमा तालिमको प्रमुख उद्देश्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा स्थानीय सरकार (गाँउपालिका) तथा समुदायको क्षमता वृद्धि गर्नुका साथै परम्परागत भू–जैविक इन्जिनियरिङ्ग विधिलाई समाहित गरी नयाँ ढङ्गंले लैजाने प्रविधिको जानकारी प्रभाह गर्ने र असुरक्षित एवं विपद् भएको क्षेत्रहरुको प्रारम्भिक साइट मूल्यांकन अनुसार सबै भन्दा उपयुक्त कम लागत भू–जैविक इन्जिनियरिङ्ग उपायहरु सिफारिस गर्नका लागि नवीन तथा प्रयोगकर्ता अनुकू त्ययतियार गर्नु रहेको जानकारी प्रयत्न परियोजना संयोजक यशमान कर्माचार्यले जानकारी गराए ।