संविधान दिवसलाई लोसपाले कालोदिनको रुपमा मनाउने
News Desk
Sep-19 , 2021 तारिख 07:18 बिहान

काठमाडौँ -लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । अहिलेको संविधान अपूर्ण भएकाले त्यसको संशोधनको माग गर्दै देशभर कालो दिनका रुपमा मनाउने निर्णय भएको नेता केशवकुमार झाले जानकारी दिए ।

‘हामीले सुरु देखि नै संशोधनको माग गरेका हौं । तर ६ वर्ष भइसक्यो । अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । संविधानमा अहिलेसम्म पनि संशोधन भएको छैन,’ उनले भने, ‘त्यसैले हामीले संशोधन माग गर्दै देशभर कालोदिनको रुपमा मनाउने र संविधानको पूर्णताका विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेका छौँ ।’