News Desk
१८ महिना पछि धनुषाधाम नगरपालिका मुलाबारी-८ को २१० पिडित परिवारले पहिलो पटक लायन्स फुड बैंक, डिस्ट्रिक ३२५ A१ मार्फत पाए राहत कोभिड १९ को दोस्रो लहर, भोक र त्रासले बढाएको कहर । एकातर्फ रोगले मरिन्छ कि भन्ने डर त अर्कातर्फ गरिब र निमुखाहरुलाई भोकले मरिने पिर । महामारीको यो कठिन घडीमा कतिले आफन्त गुमाउनु परेको छ त कति गासँ बिहिन हुनु पररेको छ । बाँच्नकै लागि भोको पेट कसरी भर्ने भन्ने चिन्तामा धेरै छन् यतिबेला । यो कोरोना कहरमा, भोकोपेट बाध्यता हो होईन रहर । सुनसान गल्ली, त्रासै त्रासले भरिएको अजिबका छ यो शहर । गाँसको आसमा चोकचोकमा धेरै भोका पेटहरु भौँतारिईरहेका छन् ।

यसरी नै मुलाबारी गाउँमा हुदाँ खाने मुसहर, डोम लगायत दलित परिवारहरू गाँसको आसमा चोकचोकमा धेरै भोका पेटहरु भौँतारिईरहेका थिए। यो विस्मपरिस्थितिलाई १७ वटा लायन्स क्लबले अवसरको रूपमा लिई ती लायन्स क्लबहरुले मुलाबारी गाउँमा स्थित मुसहर, डोम लगायत दलित परिवारहरू, विहान बेलुकाको छाक दैनिक मजदुरी गरेर टार्नेहरुको घर घर पुगे । लायन्स फुड बैंक , डिस्ट्रिक ३२५ A1 र दिनको एक माना भोको पेटलाई खाना अभियान को पहलमा लायन्स फुड बैंक लायन्स डिस्ट्रिक ३२५ A1 अन्तग्रत काठमाडौंको १७ वटा लायन्स क्लबहरूले नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा ती २२० पिडित परिवारहरूले दशैं जस्तो महान चाडको अवस्थामा कसैको घरमा पनि चुलो ननिबोस भन्ने उदेश्यले धनुषाधाम नगरपालिका मुलाबारी-८मा राहत वितरण कार्यक्रम अायोजना गरेको छ। न त सरकारले गर्न सकेको न त कुनै INGO/ NGO ले यस कोरोनाको महामारीमा दिनदुःखी गरिबलाई सहयोग गर्न नसकेको अवस्थामा अाज लायन्स फुड बैंक , डिस्ट्रिक ३२५ A1 मार्फत १७ वटा लायन्स क्लबहरू मिलेर धनुषाधाम नगरपालिकाको मुलाबारी गाउँमा २१० परिवारलाई राहत वितरण गरेको छ। राहत वितरण कार्यक्रममा डिस्ट्रिक भोकमरी र खाद्य बैंक प्रमुखलक्ष्मी राज अधिकारी ज्यूले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियोे भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा अादरणीय व्यक्तित्व जीएसटी मल्टिपल कोडिनेटर अन्नत प्रसाद भेटुवाल ज्यूको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा अादरणीय व्यक्तित्व मल्टिपल डिस्ट्रिक हङ्गर चेयरपरसन अाईपिडिजि टंक बहादुर श्रेष्ठ ज्यू , उप-मेयर बिध्या ज्यू, वडा अध्यक्ष विमल तामाङ ज्यू र अतिथिको रूपमा डिस्ट्रिक अनरि एडभाइसर हरि दाहाल ज्यू, जिएलटि डिस्ट्रिक कोडिनेटर श्याम कुमार यादव ज्यू, जिएमटि डिस्ट्रिक कोडिनेटर रामशरण बस्नेत ज्यू, ए्लसिअाइफ डिस्ट्रिक कोडिनेटर धिरज गुरुङ ज्यू, न्यू भोइसेस चिफ रेखा गुरुङ ज्यू, डिस्ट्रिक सिनियर एडभाईसर राजीब दाहाल ज्यू, इमप्याक्ट एरिया चिफ गनीका गुरुङ ज्यू, जोन चेयरपरसन अनुल बुर्जा मगर ज्यू , लायन्स क्लब अफ काठमाडौं युथ सिर्नजीको संस्थापक अध्यक्ष सरमिला रिजाल ज्यू र लियो क्लब अफ धरान विजयपुरको संस्थापक अध्यक्ष लियो एलिन गुरुङ ज्यूरुको गरिमामय उपस्थिति रहेको थियोे ।

तीन महिनाको कडा परिश्रम पछि अाज तराईको दुर्गम गाउँमा गई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। यस राहत वितरण कार्यक्रमको संयोजक इमप्याक्ट एरिया चिफ गनीका गुरुङ ज्यू, जोन चेयरपरसन अनुल बुर्जा मगर ज्यूले गर्नु भएको थियो। लायन्स क्लब अफ काठमाण्डौं क्रियटिभ युथ, लायन्स क्लब अफ काठमाण्डौं बाबा एडुकेशन कन्सल्टेन्सी, लायन्स क्लब अफ काठमाडौं भ्याल्ली सेनेन्टियल , लायन्स क्लब अफ काठमाण्डौं मोडल, लायन्स क्लब अफ काठमाण्डौं ललितपुर, लायन्स क्लब अफ काठमाण्डौं पशुपतिनाथ, लायन्स क्लब अफ काठमाण्डौं अलपाईन, लायन्स क्लब अफ काठमाण्डौं प्रोफेशन्लस, लायन्स क्लब अफ काडमाण्डौ सिनर्जी, लायन्स क्लब अफ काठमाण्डौ ईन्टरप्रनर्स, लायन्स क्लब अफ काडमाण्डौं ग्लोबल अाई, लायन्स क्लब अफ काठमाडौं नेपाल पबिलियन, लायन्स क्लब अफ काठमाण्डौं खास्थी, लायन्स क्लब अफ काठमाण्डौं गोकणनेश्वर, लायन्स क्लब अफ काठमाण्डौं जर्नी, लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुच र लायन्स क्लब अफ काठमाडौं शुभलाभको संयुक्त अायोजनामा तराईको मुलाबारी गाउँमा राहत वितरण कार्यक्रम भएको थियो। राहत वितरण कार्यक्रम सफल बनाउन साथ दिनुहुने मुलाबारी गाउँको सक्रिय समाजसेवी अादरणीय मोहन पाँचे मगर , अरूण मण्डल र अान्नद मण्डल ज्यूहरुलाई लायन्स क्लबले वहाँ प्रति सम्मान व्यक्त गर्दै धन्यवाद दिएका छन्। समस्यामा परेका ती २१० परिवारलाई न त सरकार न त कुनैकुनै INGO/NGO ले सहयोग गर्न नसकेको अवस्थामा लायन्स क्लबले गरेको सहयोग एकदमै प्रभावकारी दखिएको छ ।

