News Desk
काठमाडौ -शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा पाठ्यक्रम बिकास केन्द्र सानोठिमी भक्तपुरबाट तयार गरिएको विद्यालय शिक्षाको पाठ्यक्रम अन्तर्गत ऎच्छिक बिषयमा त्रुटिपूर्ण रहेको प्रकाशन बारे उजुरी परेको छ। उच्चविद्यालय अन्तर्गत कक्षा ११ र १२ ऎच्छिक खेलकुद विज्ञान,स्वास्थ तथा शारीरिक शिक्षा बिषयमा त्रुटिपूर्ण सामाग्री प्रकाशित भएको उल्लेख गर्दै खेलकर्मी एवम् लेखक डिएन घिसिङले उजुरी दिएका हुन।
खेलकर्मी एवम् लेखक घिसिङका अनुसार खेलकुदका सैद्धान्तिक र प्राविधिक बिषयमा गहन अनुसन्धान बेगर तयार गरिएको पाठ्यक्रमले आम विद्यार्थीमा भ्रम पर्न गएको तथा गलत शिक्षा प्रवाह भैरहेको बोध भएकाले त्यस तर्फध्यान गराएको बताए।उनका अनुसार पाठ्यक्रम र प्रकाशित पुस्तकमा समेत खेलव्याख्या शब्द अप्रासंगिक तबरले समावेश गरिएको साथै सार्थक ब्याख्या सहित अर्थबोध नगरि पुरातन पद्धतिको साभरलाई प्रोत्साहन गरिएको पाईएको छ।उनले अगाडि भने पुरातन खेल शिक्षाको बारेमा शैक्षिणिक विधिमा समावेश गर्दा विद्यार्थीमाझ ज्ञान अपुरो हुने तर्क समेत पेश गरेको बताए।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक अन्न प्रसाद न्यौपानेले सबन्धित बिषयमा बिषयगत बिज्ञलाई आमन्त्रण गरेर छलफल गर्ने जानकारी गराएका छन् । प्रस्तुत बिषयलाई गम्भीरता पुर्बक लिएको साथै रचनात्मक समिक्षा सहितका लागि समन्वयत्मक भूमिकाका लागि निवेदक लगाएतका सरोकारीता बिषय विज्ञआमत्रण गरि छलफल गरिने समेत निर्देशक न्यौपानेले बताए।