प्रज्ञाबाट खेलकुद तर्फका प्राविधिक र ब्यबहारिक भाषामा प्रयुक्त शब्दको अर्थ संकलन गर्न खेलकर्मी घिसिङले पाए जिम्मेवारी
News Desk
Oct-01 , 2021 तारिख 05:37 बेलुका

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले खेलकुद तर्फका प्राविधिक र ब्यबहारिक भाषामा प्रयुक्त शब्दको अर्थ संकलन गर्न खेलकर्मी एब लेखक डिएन घिसिङलाई जिम्मेवारी दिएको छ।आज एक कार्यक्रम माझ नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति माननीय गङ्गा प्रसाद उप्रेतीले अनुसन्धान तथा संकलन गर्न अक्तियारी दिएका हुन । शुक्रबार भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले खेलकुद क्षेत्रमा प्रचलित प्राविधिक बिषयका भाषालाई परिमार्जित गरि बृहत प्रज्ञा शब्दकोशमा समावेश गर्ने जानकारी दिए ।

नेपाली बृहत शब्द कोशमा खेलकुद क्षेत्रका प्रयुक्त प्राबिधिक भाषालाई नेपाली शब्दमा रुपान्तरण गर्न अनुमति प्राप्त भएपछि आफू जिम्मेवारी पूर्ण ढंगले सम्बन्धित सरोकावालासँग छलफल गरेर संकलन गरिने धारण घिसिङले राखेका छन् । खेलकुदका अधिकांश प्रयुक्त भाषा विदेशी शब्द रहेकाले नेपाली भाषामा अर्थ सहित प्रकाशन गर्दा आमनागरिकले सहजै ज्ञान प्राप्त गर्न सजिलो हुने तर्क समेत उनले गरेका छन् ।

बृहत शब्द कोशमा खेलकुदका प्रयुक्त भाषा समाबेश गरिनु खेल शैक्षणिकका पद्धतिका निम्ति उपलब्धि रहेको घिसिङले दाबी गरेका छन् । आगामी दिनमा खेलकुद क्षेत्रका बिषयलाई समेटेर ब्याकरण पुस्तक तयार गर्ने सोच समेत रहेकाले प्रज्ञा सभाले दिएको जिम्मेवारीले आफुलाई उर्जा मिलेको लेखक घिसिङले बताए।